काठमाडौं, ८ असार । नेपाल चलचित्र संघले दक्षिण भारतीय चलचित्र ‘आदिपुरूष’बाहेक अन्य चलचित्र चलाउने निर्णय गरेको छ।
संघले आज(शुक्रबार) प्रेस विज्ञप्ती जारी गर्दै ‘आदिपुरूष’बाहेक अन्य स्वदेशी तथा बिदेशी चलचित्रहरू आजैदेखि नेपालभर प्रदर्शन गरिने उल्लेख गरेको छ।
संघले नेपालको कानूनको अधिनमा रही स्वतन्त्र रुपमा व्यवसायी गर्न पाउनु आफ्नो नैसर्गिक अधिकार भएको जनाएको छ।