काठमाडौं, ८ असार । सत्तारूढ दुई दलले जस्ताको त्यस्तै बजेट पास हुन नदिने निर्णय गरेका हुन्।
सत्तागठबन्धनमा रहेका शीर्ष दुई दलबाहेक अन्य दलले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट संशोधन नभइ पारित हुन नदिने निर्णय गरेका छन्।
बिहीबार मात्रै एकीकृत समाजवादीले बजेट यथास्थतिमा पास हुन नदिने निर्णय गरेको थियो। सिंहदरबारस्थित् एकीकृत समाजवादीको संसदीय दलको बैठकले बजेट यथास्थतिमा पास हुन नदिने निर्णय गरेको थियो।
त्यसकै भोलिपल्ट अर्थात आज(शुक्रबार) सत्ता गठबन्धनको एक घटक जनता समाजवादी पार्टी नेपालले पनि बजेट यथास्थितिमा पास हुन नदिने निर्णय गरेको छ।
जसपा संसदीय दलको बैठकले बजेट यथास्थितिमा पास गर्न नदिने निर्णय गरेको हो।
सरकारले ल्याएको बजेट केही सिमित ठाउँमा मात्रै प्रयोग भएको भन्दै सत्तारूढ दलहरूबीच बाँझाबाझ भइरहेको छ।