Logo

यी हुन् एमालेको तर्फबाट प्रधानमन्त्रीलाई प्रश्न गर्ने चार सांसदहरु



काठमाडौं,८ असार । प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न दलका सांसदहरुले समसामयिक विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सवाल जवाफ गरेका छन् ।

प्रत्येक महिनाको एक दिन प्रधानमन्त्रीसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा प्रश्नोत्तर गर्न पाउने व्यवस्था प्रतिनिधि सभा नियमावलीमा रहेको छ । सोही नियम अनुसार आज विभिन्न दलका १३ जना सांसदहरुले प्रधानमन्त्री प्रचण्डलाई  प्रश्न सोधेका छन् ।

आज संसदको दोस्रो ठूलो तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका तर्फबाट चारजना सांसदहरुले प्रश्न गरेका थिए । नेकपा एमालेबाट अच्युतप्रसाद मैनाली,अम्बरबहादुर रायमाझी,अमृतलाल राजवंशी र अमृतादेवी अग्रहरीले प्रश्न राखेका छन्  ।



प्रतिक्रिया दिनुहोस्