Logo

गठबन्धनको ठूलो नेता देशमा नभएको बेला मोर्चा बनाउनुलाई अलि ध्यानमा राख्नुपर्छ : सभापति लामिछाने



काठमाडौं, ८ असार । सत्तारूढ गठबन्धनका शीर्ष नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देशमा नभएको बेला समाजवादी मोर्चा बनाउनुपर्ने कारणलाई ध्यानमा राख्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सभापति लामिछानेले समाजवादी मोर्चा बनाउनुपर्ने कारणलाई अलि ध्यानमा राख्नुपर्ने बताएका हुन्।

उनले भने, ‘सरकार अल्मलियो। सरकार गठबन्धनभित्र पनि अर्को गठबन्धन बनाउन लाग्यो। सरकारमै सहभागी भएका दलहरूले अर्को गठबन्धन बनाएको हामीले थाहा पायौं। यो चाँही मोर्चा बनाएको थाहा पायौं। मोर्चामा सरकारमै सहभागी दलहरू छन्। अब यो के हो? बुझ्न जरुरी भयो। त्यही गठबन्धन भित्र भएको ठूलो दलको नेता देशमै नभएको बेलामा सरकार भित्रै सहभागी दलहरू मिलेर अर्को मोर्चा बनाउनु अनि यी महत्वपूर्ण विषयहरू ओझेलमा पर्नु यसलाई अलि ध्यानमा राख्नुपर्छ कि भनेर मैले आज यो विषयमा जोड दिए। सरकार अल्मलिएको त भारत भ्रमणका पनि केही विषय थियो।’



प्रतिक्रिया दिनुहोस्