Logo

सम्पत्ति पेवा पाएजस्तो गरेर बजेट वितरण गर्ने पद्धति अन्त्य गर्नुपर्छः कांग्रेस सांसद खतिवडा



काठमाडौं, ८ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले सम्पत्ति पेवा पाएजस्तो गरी बजेट विनियोजन भएको टिप्पणी गरेका छन् । आज (शुक्रबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले संस्कृति, पर्यटन एवं नागरिक उड्डयन मन्त्री सुदन किराँतीको निर्वाचन क्षेत्र भोजपुरमा एउटै निर्वाचन क्षेत्र भएको ठाउँमा ३० वटा आयोजना सम्पन्न भएको र अन्य ठाउँमा बजेट नै विनियोजन नभएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

‘सम्पत्ति पेवा पाएजस्तो गरेर बजेट वितरण गर्ने पद्दति सबै मन्त्रीले अन्त्य गर्नुपर्छ । पर्यटनले मात्रै होइन् । मन्त्री हुनेवित्तिकै यो पद पेवा हो भन्ने हिसाबले नहेरिदिउँ,’– उनले भने ।
बजेट विनियोजन समानुपातिक र समावेशी प्रणालीमा नभएको भन्दै सत्ता गठबन्धनभित्रकै दलका सांसदहरुले विरोध गर्दै आएका छन् । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले हिजो (बिहीबार) संसदीय दलको बैठक बसेर संशोधन नभएसम्म बजेट पास हुन नदिने निर्णय नै गरिसकेको छ ।

 



प्रतिक्रिया दिनुहोस्