Logo

क्रिकेट टोलिलाई ओलीको ढाडस: ‘एउटा असफलता यात्राको अन्त्य होइन निराश नहुनू,फर्केपछि सँगै खाना खानेगरि भेटौँला’



काठमाडौं,१० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आईसीसी विश्वकपको छनोटबाट बाहिरिँदै विश्वकपमा प्रवेश गर्न असफल नेपाली क्रिकेट टोलीलाई निराश नहुन आग्रह गरेका छन्।

कहिलेकाहीँ मेहनत गर्दागर्दै पनि परिणाम प्राप्त हुन नसक्ने उल्लेख गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले विश्वकप छनोट प्रतियोगितामा सहभागी नेपाली टोलीलाई हौसला र ढाडस व्यक्त गरेका छन् ।।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

यात्रा जारी छ!
‘हिजो मैले नेपाली टिम र नेदरल्याण्डबीचको खेल लाईव हेरें। मोबाइलमा इन्टरनेट स्लो भएर केही डिस्टर्ब भयो, तैपनि हेरें। आइसीसी एक दिवसीय क्रिकेट विश्वकपमा सहभागी हुन त हामीले पाएनौं । मेहनत जननी हो भने परिणाम शीशु । कहिलेकाहीं मेहनतका बावजूद पनि परिणाम प्राप्त नहुन सक्छ।यसबाट निराश हुनु हुँदैन। परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मेहनत कमजोर थिएन। मेहनतका लागि धन्यवाद नेपाली क्रिकेट टिम ! नेपाल फर्केपछि सँगसँगै खाना खानेगरि भेटौँला। एउटा असफलता यात्राको अन्त्य होइन,हाम्रो यात्रा जारी छ ’।

विश्वकपको छनोट खेल्न जिम्बावेमा रहेको नेपाली टिम समूह चरणका चारमध्ये तीन खेलमा पराजीत हुँदै सुपर सिक्समा पुग्नबाट बञ्चित भएको थियो ।

नेपाल पहिलो खेलमा आयोजक जिम्बावेसँग ८ विकेटले पाराजित भएको थियो भने दोस्रो खेलमा अमेरीकाविरुद्ध २ विकेटको सहज जित हाँसिल गरेको थियो भने तेस्रो र चौथो खेलमा क्रमश वेष्ट इण्डिज र नेदरल्याण्डससँग १०१ रन र ७ विकेटले पराजित भएको थियो ।



प्रतिक्रिया दिनुहोस्