काठमाडौं,१० असार । काठमाडौं क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’अवार्डको सर्टलिस्टमा पर्न सफल भएकी छन् ।
वान योङ वर्ल्डले विश्वका १५ जनाको नाम सर्टलिस्ट गरेको हो । जसमा नेपालबाट गौतम परेकी छन् ।
१८ देखि ३५ वर्षका नेताहरूलाई सर्टलिस्ट गर्ने वान वर्ल्डले सोविता गौतमलाई २७ वर्षमा सांसद भएकी नेपालको इतिहासकै सबैभन्दा कान्छी सांसद भएको उल्लेख गरेको छ।
राजनीतिमा उनीहरूको प्रभावका आधारमा सर्टलिस्ट गरिएको हो ।
यी १५ जनामध्ये ५ जनालाई योङ वर्ल्ड पोलिटिसियन अफ द इयर अवार्ड प्रदान गर्नेछ । file photo