Logo

‘देउवाको प्रधानमन्त्री बन्ने योग बनेको छ’ (भिडियोसहित)



काठमाडौं, १० असार । ज्योतिष एवं वास्तुविद् सुरेशचन्द्र रिजालले कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री बन्ने योग बन्दै गएको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलाले अहिले राजनीतिक परिवर्तनको मोडमा आएको र देउवाको प्रधानमन्त्री बन्ने योग बलियो रहेको बताएका छन् ।

‘सक्षम मान्छे देशमा आओस् भन्ने चाहना हो सबै जनाको । अहिलेको परिस्थिति केही परिवर्तन छ । फेरि पनि शेरबहादुर देउवा प्रधानमन्त्री हुने योग बन्न लागेको छ,’– उनले भने ।

अहिले बनेको गठबन्धन राम्रो समयमा नबनेको उनले बताए । अहिले बनेको गठबन्धन शनीको साढेसातीमा परेको उनको दाबी छ । देश अप्ठ्यारोमा पर्दाखेरि देउवा प्रधानमन्त्री बन्ने उनको दाबी छ । देउवाले यसअघि पनि गम्भीर मोडमा देशलाई निकास दिएको उनले बताए ।

देउवा प्रधानमन्त्री बन्ने योग असार २५ गते, मंसिर र त्यो भन्दा पछाडि पनि रहेको उनले दाबी गरे ।

 



प्रतिक्रिया दिनुहोस्