Logo

स्थानीय तहको बजेट सार्वजनिक हुँदै



काठमाडौं,१० असार । आगामी आर्थिक वर्ष २०८०–२०८१ का लागि स्थानीय तहहरूले आज बजेट प्रस्तुत गर्दै छन् ।

स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहले प्रत्येक वर्षको असार १० गतेअघि नै वार्षिक बजेट ल्याउनुपर्ने व्यवस्था छ । ऐनको सोही व्यवस्था अनुसार आज स्थानीय तहहरुले बजेट सार्वजनिक गर्न लागेका हुन् ।

७५३ स्थानीय तहमध्ये हालसम्म १० स्थानीय तहको बजेट सार्वजनिक भइसकेको छ भने आज ७४३ स्थानीय तहको बजेट सार्वजनिक हुनेछ ।



प्रतिक्रिया दिनुहोस्