Logo

बालेनविरुद्ध अदालतको अवहेलना मुद्दाको पेसी न्यायाधीश ढुंगानाको एकल इजलासमा



काठमाडौं, १० असार । काठमाडौं महानगरपालिकाका मेय बालेन्द्र शाहविरुद्ध सर्वाेच्च अदालतमा दायर भएको अदालतको अवहेलना सम्बन्धिको मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेसी परेको छ ।

मेयर शाहले अदालतको आदेश अवज्ञा गरेर अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षाकुमारी झाले गत शुक्रबार सर्वोच्चमा मुद्दा दर्ता गराएकी थिइन् ।

केही दिनअघि मेयर शाहले भारतीय चलचित्रलाई नेपाली हलमा चलाउने नदिने भन्ने आफ्नो निर्णय विरुद्ध अन्तरिम आदेश दिएको उच्च अदालतको आलोचना गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot