Logo

सत्तारुढ दलकै सांसदको टिप्पणीः जनताले सरकारको अनुभूतिसमेत गर्न सकेनन्



काठमाडौं, १० असार । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नेता एवं प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीले अहिलेको सरकारले जनतालाई सरकार भएको अनुभूतिसमेत दिन नसकेको टिप्पणी गरेका छन् । आज (आईतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले माइतीघरमा रहेको आन्दोलनकारीहरुलाई हेर्दा सरकार नै नभएको जस्तो देखिएको उनको दाबी छ ।

‘जनताले सरकारको अनुभूति गर्न सकेको अवस्था छैन । माईतीघर मण्डला गयो भनेदेखि त्यहाबाटै हाम्रो देश र सरकार कसरी अगाडि बढिरहेको छ भन्ने कुरा प्रष्ट देखिन्छ,’– उनले भने ।

मन्त्रीहरुले आन्दोलनकारीलाई सम्बन्धित मन्त्रालयमार्फत सम्बोधन गर्न आवश्यक रहेको उनले बताए । आफ्नो क्षेत्रका विरेन्द्र जैसीलाई २०७३ सालमा प्रहरीको गोली लागेको र अहिले ९ दिनदेखि माईतीघरमा अनशनरत रहेको उनले बताए । उनले उक्त मुद्दामा गम्भीर भइदिन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आग्रह गरे ।

 



प्रतिक्रिया दिनुहोस्