Logo

यी एजेण्डासहित राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै



काठमाडौं,१० असार । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बस्ने पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जनाएका छन् ।

आजको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समिक्षा गर्दै पार्टीको संगठन सुदृढ र चलायमान तुल्याउने एवं केन्द्रीय समिति बैठकको निर्णय कार्यान्वयन गर्ने विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए । file photo 



प्रतिक्रिया दिनुहोस्

Screenshot