Logo

मिटरव्याजी समस्या समाधानका लागि आयोगले प्रभावकारी काम गरिरहेको छः गृहमन्त्री श्रेष्ठ



काठमाडौं, १० असार । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरव्याजी प्रकरणलाई सामन्तवादको अवशेषको संज्ञा दिएका छन् । आज (आईतबार) प्रतिनिधि सभाको बैठकमा जवाफ दिँदै उनले मिटरब्याजी प्रकरणबाट हजारौ जनता पीडित रहेको उनले बताए । आफूले गृहमन्त्रालयको कार्यभार सम्हालेको दिनदेखि नै मिटरव्याज समस्या समाधान गर्न छानविन आयोग गठन भएको र आयोगले प्रभावकारी ढंगले काम कारबाही गरिरहेको जानकारी गराए ।

‘हामीले सामन्तवादविरुद्ध र निरंकुशतन्त्रविरुद्धको लोकतान्त्रिक क्रान्ति सम्पन्न गर्यौं । त्यो लोकतान्त्रिक क्रान्तिलाई संविधानमा संस्थागत गर्दै अहिले हामी त्यो संविधान कार्यान्वयनको प्रक्रियामा अगाडि बढिरहेका छौं ।’ उनले भने, ‘तर, अहिले पनि सामन्तवादको आवशेषका रुपमा मिटरव्याजी प्रकरण छ । मिटरव्याजबाट हजारौं जनता पीडित छन् । यो सामन्तवादको अत्यन्त निकृष्ट प्रकारको अवशेष अहिले पनि विद्यमान हुन हामी सबैका लागि पीडा र दुःखको विषय हो ।’



प्रतिक्रिया दिनुहोस्