Logo

संसद्मा गृहमन्त्रीले जवाफ दिइरहँदा सांसदहरु पत्रिका पढ्न थालेपछि सभामुखको रुलिङ



काठमाडौं,१० असार । प्रतिनिधि सभाको बैठक जारी रहेको छ । आइतबारको बैठकमा उपराष्ट्रपति कार्यालयको खर्च कटौती गरी रु एक रुपैँया कायम गरिओस भन्नै प्रस्तावमाथि छलफल सकेर मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्य सुरु भएको छ ।

आजको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरुले उठाएको प्रश्नमा जवाफ दिइरहेका छन् । मन्त्री श्रेष्ठले जवाफ दिइरहँदा सांसदहरुले पत्रिका पढेको भन्दै सभामुख देवराज घिमिरेले पत्रिका नपढ्न रुलिङ गराएका छन् ।

गृहमन्त्री श्रेष्ठ बोलिरहँदा उनलाई रोकेर सभामुख घिमिरेले भने ‘माननीय सदस्यहरु म माननीय सदस्यहरुलाई प्रतिनिधि सभा नियमावली २०७९को नियम २० को खण्ड ‘ञ’ को व्यवस्थाप्रति ध्यानाकर्षण गराउँदछु ’।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम २० मा बैठकमा पालना गर्नुपर्ने नियम सम्बन्धी व्यवस्था छ । नियम २० को उपनियम ‘ञ’ मा भनिएको छ, ‘बैठकको कार्यसँग प्रत्यक्ष रुपले सम्बन्धित विषय बाहेक अन्य विषयको पुस्तक, समाचारपत्र वा अन्य कागजपत्र पढ्न नहुने,फोनमा कुरा गर्न नहुने,अमर्यादित कार्य गर्न हुँदैन ।



प्रतिक्रिया दिनुहोस्