Logo

गौतम बुद्ध रंगशालालाई ३ करोड विनियोजन गर्दै भरतपुर महानगरले ल्यायो ६ अर्ब ३१ करोडको बजेट



काठमाडौं,१० असार । चितवनको भरतपुर महानरपालिकाले आगामी आर्थिक वर्ष २०८०-८१ को लागि विनियोजित बजेट सार्वजनिक गरेको छ ।

महानगरपालिकाको १३औं नगर अधिवेशनमा उपप्रमुख चित्रशेन अधिकारीले आज ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार बराबरको बजेट सार्वजनिक गरेका छन् ।
महानगरको आज सार्वजनिक बजेट वक्तव्यमा अलपत्र अवस्थामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरो कार्य पुरा गर्नका ३ करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ । यसको निर्माण पुरा गर्नका लागि संघीय सरकार, बागमती प्रदेश सरकारसँग साझेदारी गर्ने बजेट वक्तव्यमा उल्लेख छ।

त्यस्तै महानगरभित्रका सडक खाल्डाखुल्डी नियमित मर्मत संभार गर्न ५ करोड रुपैयाँ विनियोजन गरिएको छ। दिगो फोहोर व्यवस्थापनको लागि व्यवस्थित ल्याण्डफिल साइट पूर्वाधार निर्माणको प्रारम्भ गर्न ३ करोड, केरुङ्गा तथा पुङ्गी खोलाले ओगटेको सार्वजनिक जग्गा संरक्षण एवम् पूर्वाधार निर्माण गर्न १ करोड ६५ लाख, महानगरपालिकालाई हरियाली बनाउन ४ करोड रुपैयाँ छुट्टाइएको महानगरपालिकाको बजेट वक्तव्यमा उल्लेख गरिएको छ । file photo 



प्रतिक्रिया दिनुहोस्

Screenshot