Logo

विराटनगर महानगरपालिकाले ल्यायो ३ अर्ब २८ करोड ५० लाखको बजेट



काठमाडौं,१० असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि विनियोजित बजेट सार्वजनिक गरेको छ ।

आइतबार महानगरको १२औं नगर अधिवेशनमा महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले ३ अर्ब २८ करोड ५० लाख बराबरको बजेट सार्वजनिक गरेकी हुन् ।
महानगरले चालु आर्थिक वर्षका लागि भने ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेको थियो ।

महानगरपालिकाले आगामी वर्ष सञ्चालन हुने मुख्य आयोजनाहरूमा वडास्तरीय आयोजनाका लागि ३८ करोड, आरयुडिपीबाट निर्माण भएका लगायतका पिच सडकहरू समेत गरी मर्मतसम्भार १० करोड,सडक बत्ती तर्फ १ करोड ५३ लाख ७५ हजार, अन्य पूर्वाधारतर्फ २६ करोड ३७ लाख, फोहोर पानी प्रशोधन केन्द्र, २ करोड ६५ लाख ,समपुरक कोषका लागि २ करोड नगरस्तरीय आयोजनाका लागि २० करोड, बहुवर्षीय तथा गौरवका आयोजना एवं क्रमागत योजनाको भुक्तानीका लागि ६५ करोड, विनियोजन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot