Logo

काठमाडौं महानगरले आफ्नै टेलिभिजन सञ्चालनमा ल्याउने



काठमाडौं,१० असार । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षबाट आफ्नै टेलिभिजन सञ्चालनमा ल्याउने भएको छ ।

आगामी आर्थिक वर्ष २०८० -८१ को बजेट सार्वजनिक गर्दै महानगरकी उपप्रमुख सुनिता डंगोलले सो जानकारी गराएकी हुन् ।

महानगरपालिकाले टेलिभिजिन सञ्चालन गर्न रु ५ करोड बजेट विनियोजन गरेको पनि उपप्रमुख डंगोलले सार्वजनिक गरेको बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

यसअघि महानगरले एफएम रेडियो सञ्चालन गरिरहेको थियो अब भने टेलिभिजन नै सञ्चालनमा ल्याउने भएको हो ।



प्रतिक्रिया दिनुहोस्