Logo

नागरिकता विहीन संघर्ष समितिको अध्यक्ष साफीले पाए नागरिकता



काठमाडौं, १० असार । नागरिकताविहीन संघर्ष समितिका अध्यक्ष ईन्द्रिजीत साफीले वंशजको आधारमा नागरिकता पाएका छन् । उनले आज (आईतबार) जिल्ला प्रशासन कार्याल धनुषाबाट नागरिकता लिएका हुन् ।
जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका करिब पाँच लाख सन्तानहरुले कानुन अभावका कारण नागरिकता विहीन बन्नु परेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनका लागि सर्वोच्चले आदेश जारी गरेसँगै नागरिकता वितरण कार्य सूरु भएको हो ।



प्रतिक्रिया दिनुहोस्