Logo

भिआईपीको सुरक्षामा खटिएका तीन सय १६ जना सुरक्षाकर्मीलाई गृहले बोलायो फिर्ता



काठमाडौं, १० असार । गृह मन्त्रालयले बहालवाला तथा पूर्व विशिष्ट पदाधिकारीहरुको सुरक्षामा खटिएका तीन सय १६ जना सुरक्षाकर्मीलाई फिर्ता बोलाएको छ । उनीहरुलाई विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ विपरित काममा खटाइएको पाइएकाले फिर्ता बोलाएको गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताए ।

‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ विपरित बहालवाला तथा पूर्व विशिष्ट पदाधिकारीहरुको सुरक्षामा खटिएका नेपाल प्रहरीका एक सय ९० जना र सशस्त्र प्रहरी बल नेपालका एक सय २६ जना गरी कूल तीन सय १६ जना सुरक्षाकर्मीसमेत फिर्ता बोलाइएको छ,’– प्रतिनिधि सभालाई सम्बोधन गर्दै उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले भने ।

पूर्वगृहमन्त्री रहेका रवि लामिछानेले पनि यस विषयमा काम सुरु गरेको भन्दै उनले प्रशंसा गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot