Logo

जलहरी प्रकरण छानविनका लागि अख्तियारको टोली पशुपतिमा



काठमाडौं, १० असार । जलहरी प्रकरणमा भएको भ्रष्टाचार छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धन आयोगको टोली पशुपति नाथको मन्दिरमा पुगेको छ । आज (आईतबार) अख्तियारको टोली पशुपति परिसरमा गएको हो । अख्तियारको टोली आएपछि अहिले सर्वसाधरणलाई पशुपति प्रवेशमा रोक लगाइएको छ । पशुपति परिसरमा बाक्लोमात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

आयोगको टोली अचानक पशुपति पुगेको हो । आयोगको टोलीले सुरक्षा घेराभित्र जलहरीको नापचाँच गरिरहेको छ । पशुपति परिसरलाई नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरीको घेरामा राखी आयोगले जलहरीको नापजाँच गरिरहेको हो ।

खानी तथा भू–गर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू पनि आयोगको टोलीमा संलग्न रहेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पशुपतिमा सुनको जलहरी राख्दा अनियमितता भएको कुरा केही समय अगाडि संसदमा उठेको थियो । File Photo/Reporters Nepal 

 

 

 



प्रतिक्रिया दिनुहोस्