Logo

न्यायाधीशलाई फटाहा र कलंकको संज्ञा दिँदै कोसी प्रदेशका मन्त्रीले लगाए गम्भीर आक्षेप



काठमाडौं, १० असार । कोसी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले उच्च अदालत विराटनगरका न्यायाधिशमाथि गम्भीर आक्षेप लगाएका छन् ।

आइतबार विराटनगरस्थित एक कार्यक्रममा बोल्दै मन्त्री राजभण्डारीले उच्च अदालतका न्यायाधिशलाई फटाहा र कलंकको संज्ञा दिएका हुन्।

उनले भने, ‘अदालतमा मुद्दा दायर भयो। हिजो त्यही उच्च अदालतमा मुद्दा दिएका त्यही बोर्डका सदस्यसचिवको पदको मुद्दा अहिलेसम्म हेर्न नसक्ने अनि सोही पदका अर्का सदस्यसचिवले दिएको मुद्दामा स्टे अर्डर गर्न तयार छ। त्यो बदनियत गरेकै हो न्यायाधीशले। न्यायाधीश फटाहा हो। जनताको नाममा कलंक हो। सरकारले कारबाही गर्दा पैसा लिएर स्टे अर्डर गर्ने न्यायाधीश खराब हो।’

केही दिन अघि झापामा भएको खेलकुद प्रतियोगिताको ब्यानरमा कोशी प्रदेश उल्लेख नगरी प्रदेश नम्बर एक लेखेको भन्दै प्रदेशका खेलकुद सदस्यसचिव हंशराज वाग्लेलाई बर्खास्त गरेका थिए ।

मन्त्री राजभण्डारीको उक्त कदमविरुद्ध उच्च अदालत विराटनगर पुगेका थिए ।
वाग्लेले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले जेठ ५ गतेको प्रदेश सरकारको निर्णय कार्यान्वयन नगर्न प्रदेश सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot