Logo

नेकपा विभाजनको कारणबारे ओलीको प्रश्न : रिमोट कन्ट्रोल कति थियो



काठमाडौं, १० असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेकपा विभाजनको कारणबारे टिप्पणी गरेका छन्।

आइतबार काठमाडौंमा एक पुस्तक लोकर्पण गर्दै उनले नेकपा विभाजनको कारणबारे बाह्य, स्वचालित र परचालित कति थियो भन्दै प्रश्न गरेका हुन्।

उनले भने, ‘वाह्य कारण कति थियो? स्वचालित कति थियो? परचालित कति थियो? रिमोट कन्ट्रोल कति थियो, त्यहीँबाट बटन घुमाउने कति थियो? यो सबै कुराको हामीले यथार्थ विश्लेषण आन्दोलनको हीतका लागि गर्‍यौँ भने त्यसले भविष्यलाई राम्रो हुन्छ।’



प्रतिक्रिया दिनुहोस्