Logo

प्रहरी जवान र हवल्दारलाई १६ वर्षमा नै अवकाश दिने तयारी



काठमाडौं, १० असार । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीका जवान र हवल्दारलाई १६ वर्षमा नै अवकाश दिने प्रस्ताव तयार भइरहेको बताएका छन् । आज (आईतबार) प्रतिनिधि सभाको बैठकमा गृहमन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिनेक्रममा यस्तो बताएका हुन् ।

गृहमन्त्री श्रेष्ठले प्रहरी जवान र हवल्दार १९/१९ वर्षसम्म एउटै पदमा बसिरहँदा पीडित बनेको बताए । जवान, हवल्दार र सहायक हवल्दारलाई १६ वर्ष तथा असई र सईलाई १८ वर्ष सेवा अवधि पुगेपछि रिटायरमेन्ट दिने र २० वर्ष सेवा पुगेपछि पेन्सन दिने तयारी भइरहेको बताएका हुन् ।

 

 



प्रतिक्रिया दिनुहोस्