काठमाडौं, १० असार । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा चलिरहेको गोला प्रणाली ट्रान्सप्यारेण्ट हो कि जस्तो लागेको बताएका छन्।
आइतबार सर्वोच्च अदालतमा भएको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश कार्कीले अदालतमा चलिरहेको गोला प्रणाली ट्रान्सप्यारेण्ट हो कि जस्तो लागेको बताएका हुन्।
उनले भने, ‘मलाई अहिलेको गोला प्रणाली अझै बढी ट्रान्सप्यारेण्ट हो कि जस्तो पनि लागेको छ। यद्यपि हाम्रो उद्धेश्य भनेको अटोमेसन नै हो र मलाई यसको सुनिश्चितता गरेर जाने इच्छा छ, अटोमेसन लागू गर्ने हरसम्भव प्रयास गर्नेछु। यो मेरो इच्छा र प्रतिष्ठाको विषय पनि हो।’