काठमाडौं,११ असार । न्यायपरिषदको बैठक आज बस्दैछ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की अध्यक्ष रहेको परिषद्को बैठक आज दिउँसो १ बजेका लागि आव्हान गरिएको छ ।
दिउँसो १ बजे बस्ने बैठकले उच्च अदालतका रिक्त न्यायाधीशको नियुक्ति गर्ने बताइएको छ ।
हाल उच्च अदालतका ४१ जना न्यायाधीशको पद रिक्त रहेको छ । आजको बैठकले रिक्त ४१ मध्ये २७ जना न्यायाधीशको नियुक्ति हुन सक्ने बताइएको छ ।
न्याय परिषद्ले तयार पारेको कार्याविधिका आधारमा तत्काल २७ जना न्यायाधीशको नियुक्ति गर्न सकिने अवस्था छ । बाँकी १४ र त्यसपछि रिक्त हुने अन्य न्यायाधीशको हकमा भने सर्ट लिस्ट तयार नभइसकेको र निवेदन समेत माग गरी नसकेको कारण प्रक्रिया पूरा नभएको कारण बाँकी न्यायाधीशको हकमा भने तत्काल नियुक्ति नहुन पनि सक्नेछ ।