Logo

मन्थली नगरपालिकाले सार्वजनिक गर्‍यो १ अर्ब ४ करोडको बजेट



काठमाडौं,११ असार । रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-८१ को लागि विनियोजित बजेट सार्वजनिक गरेको छ ।

आइतबार बसेको नगरपालिकाको १३औं नगर अधिवेशनमा उपप्रमुख इश्वरीदेवी बस्नेतले सार्वजनिक गरेको बजेट वक्तव्य अनुसार आगामी आर्थिक वर्षको लागि कूल १ अर्ब ४ करोड ५४ लाख ९२ हजार ८ सय ३७ बजेट विनियोजन गरिएको छ ।

जसमध्ये चालु तर्फ रु ४५ करोड ९३ लाख ९२ हजार ७ सय ८७ अर्थात ४३.९४ प्रतिशत र पूँजिगत तर्फ रु ५८ करोड ६१ लाख ५० अर्थात ५६.०६ प्रतिशत रकम विनियोजन भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot