काठमाडौं,११ असार ।नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाका पीडितले माग गरेको अन्तरिम क्षतिपूर्तिसम्बन्धी निवेदनमाथिको सुनुवाइका लागि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको एकल इजलासमा पेसी परेको छ ।
लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा पीडित पक्षले अन्तरिम राहत माग गर्दै निवेदन दायर गरिएको थियो । उक्त निवेदनमाथि सुनुवाइ नभई जबरजस्ती करणीको मुख्य मुद्दाको सुनुवाइ नगर्ने भन्दै यसअघि सुनुवाइ स्थगित गरिएको थियो ।
अन्तरिम राहत माग गर्दै यसअघि पनि पीडित पक्षले निवेदन दायर गरिएको थियो । मुख्य मुद्दामा अन्तिम सुनुवाइको मिति तोकिएको भन्दै अदालतले निवेदन खारेज गरेको थियो ।