Logo

पशुपतिनाथको जलहरी बारे सत्यतथ्य सदनलाई जानकारी गराउन माओवादी सांसद पौडेलको माग



काठमाडौं,११ असार । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पशुपतिनाथको गर्भगृहमा राखिएको सुनको जलहरी बारे सत्यतथ्य छानविन गरेर सदनमा जानकारी गराउन माग गरेका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै सांसद पौडेलले सदनमा पनि धेरै चर्चा भएको विषय भएको कारण उक्त विषयको बारेमा सत्यतथ्य छानविन हुनुपर्ने बताए ।

उनले भने,‘त्यहाँ भएको के हो ? आज पशुपति विकास कोष, सुरक्षा निकाय, सुनचाँदी व्यवसायी संघ, गुणस्तर तथा नापतौल विभाग, पुरातत्व विभाग, खानी तथा भूगर्भविभाग र जनप्रतिनिधिहरूले त्यहाँको सुन खोजेर जोख्दै हुनुहुन्छ भन्ने हामीले सुनेका छौं । कति सुन हराएको हो ? कति सुन बाँकी छ ? के स्थिति हो ? यो कुनै ट्रकमा ल्याएको सामग्री जोख्ने कुरा होइन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot