Logo

संसद्मा रघुजीको प्रश्न : दलितले समान अधिकार कहिले पाउने ?



काठमाडौं,११ असार । नेकपा एमालेका सांसद रघुजी पन्तले उच्च जातको मान्छेसँग विबाह गरेकै कारण दलित नागरिकले दुख पाएको भन्दै सदनको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै सांसद पन्तले  सप्तरीमा उच्च जातको केटीले दलित युवकसँग विबाह गर्दा युवक र उनको परवारले दुख भोग्नु परेको भन्दै अन्य जातका नागरिकले जस्तै दलितले समान अधिकार कहिले पाउँछन ? भन्दै प्रश्नसमेत गरेका छन् ।

“दलित केटाले उच्च जातको केटी ल्याउँदा पनि दलित केटाले उच्च जातको केटासँग जाँदा पनि मारमा दलित नै परेको देखिन्छ । खालि प्रशासनको मात्रै दोष होइन, हामी ठूला राजनीतिक दल कांग्रेस, एमाले, माओवादीहरुले जनताको बीचमा सामाजिक चेतनाको काम गरेनौँ । समाजमा चेतनाको काम गरेनौँ । समाज रूपान्तरणको कुरामा सरकार र प्रशासनमा मात्रै भर पर्‍यौँ,” उनले भने, “समाजमा यस्ता धेरै केस छन् । आज प्रश्न उठेको छ, दलितले समान अधिकार कहिले पाउने ? त्रेतायुगमा रामहरूले ठोक्ने, कलियुगमा हरामहरूले ठोक्ने त्यो युगदेखि यो युगसम्म दलितहरू पीडितका पीडित, मारिएको मारियै हुने ? दमनमा परेका परै गर्ने ? यस्ता विषयहरूमा सरकारको ध्यान जाओस्,’ उनले भने।



प्रतिक्रिया दिनुहोस्

Screenshot