Logo

रामेछापमा कुन पालिकाको बजेट कति ?



काठमाडौं,११ असार । दुई नगरपालिका र ६ गाउँपालिका गरी ८ स्थानीय तह रहेको रामेछापमा सोमबार विहानसम्म दुई नगर र तीन गाउँपालिका गरी ५ स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट सार्वजनिक गरेका छन् ।
नेपालको संविधान बमोजिम असार १० गते भित्रमा विनियोजित बजेट सार्वजनिक गर्नुपर्ने भएपनि कतिपय स्थानीय तहले भने आइतबार बजेट सार्वजनिक गर्न सकेनन् ।

सोमबार विहानसम्म रामेछापको रामेछाप र मन्थली नगरपालिकासहित खाँडादेवी,उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाले बजेट सार्वजनिक गरेका छन् ।

यस्तो छ सार्वजनिक भएका ५ पालिकाको बजेट

१.मन्थली नगरपालिका – रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-८१ को लागि विनियोजित बजेट सार्वजनिक गरेको छ ।

आइतबार बसेको नगरपालिकाको १३औं नगर अधिवेशनमा उपप्रमुख इश्वरीदेवी बस्नेतले सार्वजनिक गरेको बजेट वक्तव्य अनुसार आगामी आर्थिक वर्षको लागि कूल १ अर्ब ४ करोड ५४ लाख ९२ हजार ८ सय ३७ बजेट विनियोजन गरिएको छ ।

जसमध्ये चालु तर्फ रु ४५ करोड ९३ लाख ९२ हजार ७ सय ८७ अर्थात ४३।९४ प्रतिशत र पूँजिगत तर्फ रु ५८ करोड ६१ लाख ५० अर्थात ५६।०६ प्रतिशत रकम विनियोजन भएको छ ।

२. रामेछाप नगरपालिका- रामेछापको पुरानो सदरमुकामसमेत रहेको रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्षको लागि कूल ७३ करोड बराबरको बजेट सार्वजनिक गरेको छ ।

आइतबार बसेको नगरपालिकाको को १३ औं नगर सभामा नगर उपप्रमुख बालकुमारी कार्की थापाले प्रस्तुत गरेको बजेट वक्तव्य अनुसार आगामी वर्षको लागि कुल ७३ करोड ५८ लाख ७३ हजार ६ सय ९७ रुपैया ६६ पैसाको प्रस्तावित बजेट सो प्रस्तुत गरेकी छन् ।

३.खाँडादेवी गाउँपालिका- रामेछापको खाँडादेवी गाउँपालिकाको आगामी आर्थिक बर्षको लागि विनियोजित बजेट सार्वजनिक भएको छ । आइतबार बसेको गाउँपालिकाको १३औं गाउँ सभामा उपाध्यक्ष रमा घिसिङले कूल ६४ करोड ४३ लाख ४० हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेकी छन् ।

यस आर्थिक बर्षमा ८० करोड ८१ लाख बराबरको बजेट कार्यान्वयन गरिरहेको गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि १६ करोड कम बजेट ल्याएको हो । संघ र प्रदेशबाट प्राप्त हुने बजेटमा कमी भएसँगै गाउँपालिकाको बजेटको आकार पनि घटेको उपाध्यक्ष घिसिङले बताएकी छन् ।

४.गोकुलगंगा गाउँपालिका- गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ७४ करोड ४२ लाख ९३ हजार २ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

आइतबार गाउँपालिकाको १३औं गाउँसभामा पालिका उपाध्यक्ष उषादेवी कार्कीले आगामी वर्षको लागि कूल ६४ करोड ४२ लाख भन्दा धेरैको बजेट सार्वजनिक गरेकी हुन् । जसमा चालु खर्च तर्फ जम्मा रु ३८ करोड ९८ लाख ७५ हजार ७ सय रुपैयाँ तथा पुँजीगत तर्फ जम्मा कुल रु ३५ करोड ४४ लाख १७ हजार ५ सय रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

५.उमाकुण्ड गाउँपालिका- उमाकुण्ड गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ६० करोड ५८ लाख बराबरको बजेट सार्वजनिक गरेको छ ।

शुक्रबार पालिकाको १३औं गाउँसभामा उपाध्यक्ष सावित्रा सुनुवारले कूल ६० करोड ५८ लाख ६३ हजार १ सय बराबरको बजेट सार्वजनिक गरेकी हुन् ।शुक्रबारनै बजेट सार्वजनिक गरेसँगै उमाकुण्ड गाउँपालिका यस वर्षको बजेट सार्वजनिक गर्ने जिल्लाकै पहिलो स्थानीय तहसमेत बन्न सफल भएको छ ।



प्रतिक्रिया दिनुहोस्