Logo

सुरक्षा चुनौतीले मानव जीवनमा कठिनाइ निम्त्याइरहेको छ : रक्षामन्त्री खडका



काठमाडौं, ११ असार । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खडकाले सुरक्षा चुनौतीले मानव जीवनमा कठिनाइ ल्याइरहेको दाबी गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री खड्काले सुरक्षा चुनौतीले मानव जीवनमा नै कठिनाइ ल्याइरहेको दाबी गरेका हुन्।

उनले भने, ‘हाम्रो राष्ट्रिय सुरक्षा नीतिको विषयमा उठेको विषय छ। त्यस सन्दर्भमा विश्वको बदलिँदो सुरक्षा परिवेशमा प्रत्येक राष्ट्रले आ–आफ्नै किसिमका सुरक्षा चुनौति तथा खतराहरुको सामना गर्नु परिरहेको छ। बाह्य आक्रमण, आन्तरिक द्वन्द्व, आतंकवाद, आर्थिक संकट, महामारीलगायतका सुरक्षा चुनौतीहरुले मानव जीवनमानै कठिनाइ निम्त्याइरहेका अवस्था छन्।’



प्रतिक्रिया दिनुहोस्

Screenshot