Logo

पर्यटनमन्त्रीविरुद्ध खनिए प्रेम आले



काठमाडौं, ११ असार । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभा सदस्य प्रेम आलेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले संविधान र कानुनको धज्जी उठाउँदै हेलीपोट निर्माण गर्न दिएको आरोप लगाएका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकमा भाग लिँदै उनले उक्त निर्णय लज्जास्पद रहेकाले फिर्ता लिन उनले आग्रह गरे ।

‘माननिय मन्त्री ज्यूले काठमाडौंका एयरपोर्टमा ट्राफिक जाम भयो, ठाउँ छैन भन्नुभयो । तर, उहाँलाई थाहा छ कि छैन ? नलिन चोकमा नेपाल नागरिक उड्डयन प्राधिकरणले १७ वटा हेलिकोप्टर रात्री विसान हुने गरी निर्माणको अन्तिम चरणमा छ । त्यो देख्दादेख्दै उहाँले कानुन र संविधानमा हुँदै नभएको व्यवस्थाको धज्जी उडाउँदै उहाँले हेलीपोट दिने निर्णय गर्नु भएको छ । यो लज्जास्पद छ । यो निर्णय फिर्ता लिन म माननीय मन्त्री ज्यूलाई आह्वान गर्न चाहन्छु,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्