Logo

त्रिवि सभाको आमन्त्रित सदस्यमा सभापति ढुंगेल मनोनित



काठमाडौं, ११ असार । स्वतन्त्र विद्यार्थी युनियन नेपाल ल क्याम्पसका सभापति विष्णु ढुंगेल त्रिभुवन विश्वविद्यालय सभाको आमन्त्रित सदस्य पदमा मनोनित  भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सभापति ढुंगेललाई आमन्त्रित सदस्य पदमा मनोनित गरेको हो ।

‘सम्माननीय प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपतिज्यूबाट त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा ८ बमोजिम त्रिभुवन विश्वविद्यालय सभामा सोही दफाको उपदफा (४) बमोजिमको पदावधि कायम हुने गरी तपाईंलाई आमन्त्रित सदस्य पदमा मनोनयन गर्नुभएको व्यहोरा अनुरोध छ,’– मनोनयन पत्रमा भनिएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्