Logo

कर्मचारी सिंहदरबार वरिपरी वा सुगममा मात्रै रहने स्थायी परम्परा छ : मन्त्री मोदी



काठमाडौं, ११ असार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले कर्मचारी सिंहदरबार वरिपरी वा सुगममा मात्रै रहने स्थायी परम्परा रहेको दाबी गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेक २०८० को विभिन्न शीर्षक माथिको छलफल अन्तर्गत् सम्बन्धित मन्त्रालयको छलफलका क्रममा उठेका प्रश्नको जिज्ञासा दिँदै मन्त्री मोदीले उक्त दाबी गरेका हुन्।

उनले भने, ‘वास्तवमा कर्मचारीहरु सिंहदरबार वरिपरी वा सुगममा मात्रै रहने स्थायी परम्परा छ, यो अहिले पनि छ। कार्य सम्पादनमा नै असर हुने भएकाले हामीले सिंहदरबार वरीपरी रहेका कर्मचारीहरुलाई धेरै चलाएका छैनौँ तर पहाडी, हिमाली वा दुर्गम ठाउँमा नजाने कर्मचारी प्रवृत्ति अन्त्य गर्नेतिर हाम्रो ध्यान केन्द्रित छ। यसबारे आन्तरिक गृहकार्य गर्नका लागि सहसचिवको नेतृत्वमा एउटा कार्यदल बनाएको व्यहोरा जानकारी गराउन चाहन्छु।’



प्रतिक्रिया दिनुहोस्