Logo

उद्योग विभागमा कार्यरत शाखा अधिकृत र कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं, ११ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग विभाग, औद्योगिक सम्पत्ति शाखा त्रिपुरेश्वरमा कार्यरत शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी (करार) दिपा थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कम्पनीको ट्रेडमार्क दिन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत लिएको पुष्टि भएको भन्दै उनीहरुविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

‘अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दिपा थापाले आपसी मिलेमतो तथा योजनामा व्यापार चिन्ह (ट्रेडमार्क) दर्ता गरी ट्रेडमार्क दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवतवापतको रु.१२,०००।( (बाह्र हजार रुपैयाँ) माग गरी लिएको पुष्टि हुन आएकोले निजहरु कुमारी तारा घिमिरे र दिपा थापालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा निजहरुलाई बिगो रु.१२,०००।–(बाह्र हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,’– अख्तियारका प्रवक्ता भोला दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्