काठमाडौं, ११ असार । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतले गौशाला-२६ लाई क्षतिपूर्ति दिन आदेश दिएको छ।
सोमबार काठमाडौं जिल्ला अदालतले क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा जाहेरीकर्ता गौशाला-२६ लाई राहातस्वरूप १ लाख क्षतिपूर्ति दिन आदेश दिएको हो।
जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले जाहेरीकर्ता गौशाला-२६ लाई राहातस्वरूप सरकारी कोषबाट १ लाख क्षतिपूर्ति दिन आदेश दिएको हो।
तर, जाहेरीकर्ता गौशाला-२६ ले लामिछानेबाट १० लाख र मासिक ५० हजार भरणपोषण खर्च मागेकी थिइन्।