Logo

नक्कली शरणार्थी प्रकरणः आरजु र सिटौलालाई पक्राउ गर्न गृहले आदेश दिएकै हो त ?



काठमाडौं, ११ असार । गृह मन्त्रालयले नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य आरजु राणा र कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पक्राउ गर्ने निर्देशन नभएको बताएको छ । आज (सोमबार) विभिन्न मिडियाहरुमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहको आदेश भन्ने भ्रामक समाचार आएको भन्दै गृह मन्त्रालयले त्यसमा सत्यता नरहेको भन्दै खण्डन गरेको छ ।

‘उपप्रधानमन्त्री एवं गृहमन्त्रीज्यूबाट कुनै व्यक्तिलक्षित गरी केही गर्न वा नगर्न कुनै प्रकारको निर्देशन दिएको कुरा भ्रामक, कपोलकल्पित र झुठा भएको व्यहोरा अवगत गराउँछु,’– गृहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले ३० जना विरुद्ध अभियोग पत्र दायर गरेको थियो । उक्त मुद्दामा पक्राउ परेको १८ जना मध्ये २ जना धरौटीमा छुटेका छन् भने बाँकी १६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । अन्य बाँकी आरापितहरु फरार रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्