काठमाडौं, ११ असार । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथको मन्दिरमा जलहरी लगाएर नाम लेखाउने रहर जागेको जिकिर गरेका छन्।
सोमबार सांसद भवन बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद दाहालले एमाले अध्यक्ष ओलीले पशुपतिनाथको मन्दिरमा जलहरी लगाएर नाम लेखाउने रहर जागेको जिकिर गरेका हुन्।
उनले भने, ‘अनुसन्धान प्रक्रियामा निष्पक्षता कायम हुनुपर्छ। केपी ओलीले सुनको जलहरीमा आफ्नो नाम लेख्नु भएको छ। विद्या भण्डारीको नाम, भानुभक्त ढकालको नामलगायत धेरैको नाम लेख्नुभएको रहेछ। पशुपतिमा नाम लेखाउने रहर जागेर उहाँले लगाउनु भएको रहेछ।’