Logo

रास्वपाले गर्‍यो सदन अवरोध



काठमाडौं,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधि सभाको बैठक अवरोध गरेको छ ।

रास्वपाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता नलिएको भन्दै संसदमा अवरोध गरेको हो ।

आजको प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलाई बोल्न समय दिएका थिए ।

सभामुख घिमिरेले समय दिएपछि बोलेका प्रमुख सचेतक परियारले आर्थिनक वर्ष २०८०-८१ को बजेट वक्तव्यमा सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने उल्लेख गरेकोप्रति आपत्ति जनाउँदै सरकारको निर्णय सच्चिनुपर्ने बताउँदै सरकार आफ्नो निर्णयबाट पछि नहटे आजको संसद बैठक चल्न नदिने जानकारी गराएका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot