Logo

संसद्मा रविको गर्जन : ‘अर्थमन्त्रीको स्पष्ट जवाफ नआए सदन चल्न दिँदैनौं’ 



काठमाडौं,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले  जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता नलिए सदन चल्न नदिने चेतावनी दिएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै पूर्व उपप्रधानतथा गृहमन्त्रीसमेत रहेका लामिछानेले जिल्ला निर्वाचन कार्यालय नै खारेज गर्ने विषयमा अर्थमन्त्रीको गोलमटोल जवाफ स्वीकार्य नभएको पनि बताए।

उनले भने ‘लोकतन्त्रमाथिको हमला स्वीकार्य छैन। सदन चल्न सक्दैन। अर्थमन्त्रीज्यूलाई यस विषयमा स्पष्ट पार्न रुलिङ होस्। हामी सदनलाई गरिमामय ढंगबाट अगाडि बढाउन तयार छौँ । सत्तापक्षकै सांसदहरूले यो निर्णय ठिक छैन भनिराख्नुभएको छ। तर, उहाँहरूलाई पास गर्नुपर्ने बाध्यता छ। उहाँहरूको बाध्यताको शिकार यो देशको लोकतन्त्र चढ्दैन।’



प्रतिक्रिया दिनुहोस्

Screenshot