Logo

निर्वाचन कार्यालय खारेज गर्ने निर्णयबाट ब्याक भए अर्थमन्त्री महत



काठमाडौं,१२ असार । अर्थमन्त्री डा.प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नगरिने स्पष्टीकरण दिएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारले नियोजित ढंगबाट जिल्ला निर्वाचन कार्यालय खारेज गर्न लागेको भन्दै एमाले र रास्वपाले अवरोध गरेपछि सभामुख देवराज घिमिरेसँग विशेष समय माग गर्दै अर्थमन्त्री महतले सरकार निष्पक्ष निर्वाचनको पक्षमा दृढ रहेको बताएका छन् ।

उनले भने,‘म विश्वास दिलाउन चाहन्छु। यसमा कतै पनि शंका रहने ठाउँ नदिन सरकारको सम्पूर्ण कोसिस रहन्छ। हामीले पार्टीका प्रतिनिधि निर्वाचन आयोगमा गएर पनि प्रतिबद्धता जनाइसकेका छौँ। प्रधानमन्त्रीको कार्यालयमा निर्वाचन आयुक्तसँग र सदनमा पनि स्पष्ट पारेको हुँ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot