Logo

कांग्रेसभित्रका केही नेताहरुले अस्थिरता चाहिरहेका छन्ः सोमप्रसाद पाण्डे



काठमाडौं, १२ असार । नेकपा (एकीकृत समाजावादी) का नेता सोमप्रसाद पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अहिले नढल्ने दाबी गरेका छन् । हिजो (सोमबार) प्राईम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जेन्टलमेन्ट एग्रिमेन्टमा रहेर यो सरकार पाँच वर्षसम्म अगाडि जाने बताएका हुन् । कांग्रेसका केही पक्षले स्थानीय तह निर्वाचनदेखि नै गठबन्धन नचाएको र अहिले तिनै पक्षले अस्थिरता चाहेको उनको आरोप छ ।

‘अहिलेको गठबन्धनको सरकार कसैले ढालेर ढल्नेवाला छैन । नेपाली कांग्रेसका मानिसहरुले हिजो स्थानीय तह निर्वाचनमा पनि गठबन्धन चाहेका थिएनन् । गएको संघीय र प्रदेश चुनावमा पनि उनीहरुले गठबन्धन चाहेका थिएनन् । अहिले पनि स्थिरताको बाटो खोजिरहेका छन् । तिनीहरुले भन्नु स्वभविक नै हो । तर, नेपाली कांग्रेसभित्र पनि सरकार परिवर्तनका बारेमा कुनै छलफल भएको छैन,’– उनले भने ।

साथै, अहिलेको बजेट संशोधन नभई पास हुने उनको दाबी छ । अहिले आएका सुझावलाई लिपिबद्ध गरेको खण्डमा पछि बजेट ल्याउनका लागि सहयोग हुने उनले बताए । बजेटको छलफलमा अस्पष्ट भएको विषयमा मन्त्रीहरुले स्पष्ट हुने अवसर मिल्ने उनले बताए ।

 



प्रतिक्रिया दिनुहोस्