Logo

बागमती प्रदेशसभा भवन जलमग्न,बैठक बस्न ढिलाई



काठमाडौं,१२ असार । दिउँसो १ बजेका लागि बोलाईएको बागमती प्रदेशसभाको बैठक अझै सुरु हुन सकेको छैन् ।

प्रदेशसभा भवन रहेको मकवानपुरको हेटौंडामा भएको भारी वर्षाको कारण प्रदेशसभा भवन जलमग्न हुदा सांसदहरु प्रदेशसभा भवनभित्र छिर्न पाएका छैनन् ।

आजको बैठकमा विनियोजित बजेटमाथिको सामान्य छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ ।

यसैबीच बजेट सनतुलित नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले भने आजको बैठक अवरोध गर्ने तयारी गरेका छन् । केन्द्र र गण्डकी प्रदेशसभाको बैठक पनि अवरोध गरेको एमालेले बागमती प्रदेश सभाको बैठक पनि अवरोध गर्न लागेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot