काठमाडौं, १२ असार । आफन्त वा साथीभाईहरूको बिदाई वा स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाँदै हुनुहुन्छ भने अब ख्याल गर्नुपर्ने भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबदेखि एकजना यात्रुको बिदाई वा स्वागत गर्नका लागि अब ३ जना मात्रै जान पाइने भएको छ।
विमानस्थलको टर्मिनल भवन बाहिर अत्याधिक भीड हुन थालेपछि विमानस्थल सुरक्षा समितिले यस्तो निर्णय गरेको हो।
हाल विमानस्थल परिसरमा अत्याधिक भीडहुँदा भीड व्यवस्थापनमा कठिनाई हुनुका साथै ट्राफिक व्यवस्थापन तथा चोरी नियन्त्रणमा कठिनाई भएपछि यस्तो निर्णय गरिएको विमानस्थल सुरक्षा समितिले जनाएको छ।
योसँगै अबदेखि एक जना यात्रुको बिदाई र स्वागतका लागि विमानस्थलमा ३ जना मात्रै जानुपर्नेछ।