Logo

यी हुन् ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका ७ आरोपी



काठमाडौं,१२ असार । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिका नाममा सारेर अनियमितता गरेको आरोपमा मुछिएका आरोपीहरु पक्राउ पर्न थालेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)को टोलिले आज एकैदिन यस प्रकरणमा मुछिएका ७ जना आरोपितलाई पक्राउ गरेको हो । सिआइबीको टोलिले आज विहान मीनबहादुर गुरुङलाई पक्राउ गरेको थियो । उनी भाटभटेनी सुपरमार्केटका सञ्चालक समेत हुन् ।

त्यस्तै सिआइबीको टोलिले आजै गुरुङसहित मालपोत कार्यालय डिल्लिबजारका तत्कालिन कार्यालय प्रमुख सहसचिव कलाधर देउजा,कर्मचारीहरु धर्मेन्द्रप्रसाद गौतम,सुरेन्द्रमान कपाली, हुपेन्द्रमणि केसी तथा सुधिरकुमार साह र गोपाल कार्कीलाई पक्राउ गरेको छ । जसमध्ये गुरुङ आफ्नै निवास नक्सालबाट पक्राउ परेका थिए । भने अन्य आरोपीहरु काठमाडौंको विभिन्न स्थानबाट पक्राउ परेका थिए ।

तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा मन्त्रिपरिषद्को बैठकले बाटो निर्माण तथा प्रधानमन्त्री निवास विस्तारका लागि ललिता निवासको रुपमा रहेको जग्गा व्यक्तिका नाममा र व्यक्तिको नाममा रहेको जग्गा सरकारको नाममा साटफेर गर्ने निर्णय भएको थियो । उक्त जग्गा साटफेर गर्ने क्रममा सयौं रोपनी जग्गा अपचलन भएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

यस प्रकरणमा तत्कालिन प्रधानमन्त्री नेपालसहित बाबुराम भट्टराई तथा पूर्व उपप्रधानमन्त्री विजयुमार गच्छेद्धारसहित १७५ जना मुछिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot