काठमाडौं, १२ असार । ईकमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक मा नेपाल आएका छन्।
उनी मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
चीनबाट बंगलादेश हुँदै उनी विमानस्थलमा अवतरण गरेको बताईएको छ।
उनीसँगै ५ जना चिनियाँ नागरिक, एक जना डेनमार्कका र एक जना अमेरिकी नागरिक नेपाल आएका हुन्।
उनले १५ दिनको पर्यटक भिसा लिएको अध्यागमन स्रोतले जनाएको छ।