Logo

बागमती प्रदेशसभामा रहने पाँचवटा समिति गठन



काठमाडौं,१२ असार । बागमती प्रदेश सभाअन्तर्गत रहने पाँचवटा समिति गठन भएको छ ।

प्रदेश सभाको आज बसेको बैठकमा प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभामा रहने प्रदेश मामिला समिति, उद्योग पर्यटन वन तथा वातावरण समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा स्वास्थ्य तथा कृषि समिति गठन गर्दै समितिमा रहने प्रदेशसभाका सांसदहरुको नाम प्रदेशसभा पढेर सुनाएका थिए ।

प्रदेश सभाको अर्को बैठक आजै अहिले केहीबेरमा बस्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot