काठमाडौं, १२ असार । संघीय सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पास गर्न सत्तारूढ गठबन्धनका दुई शीर्ष दलहरूले आफ्ना सांसदलाई ह्वीप लगाएका छन्।
मङ्गलबार बिहान नेपाली कांग्रेसले भोलि(बुधबार) प्रतिनिधिसभाको बैठमा विनियोजन विधेयक २०८० निर्णायार्थ प्रस्तुत हुने र आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित भइ तटस्थ नरही विनियोजन विधेयकको पक्षमा मतदान गर्न ह्वीप लगाएको थियो।
यस्तै, नेकपा (माओवादी केन्द्र)ले पनि आफ्ना सांसदहरूलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ।