Logo

कोशी प्रदेशका सामाजिक विकासमन्त्रीविरुद्ध अदालतमा मुद्दा दायर



काठमाडौं,१२ असार । कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीविरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा दायर भएको छ ।

मन्त्री राजभण्डारिविरुद्ध मोरङका अधिवक्ता उद्धबचन्द्र घिमिरेले अदालतको अवहेलना गरेको भन्दै एक वर्ष कैद सजाय माग गर्दै मुद्दा दायर गरेका हुन् ।

मन्त्री राजभण्डारीले केही दिनअघि विराटनगरमा भएको एक कार्यक्रममा अदालतका न्यायाधीश पैसामा बिक्छन, न्यायाधीशका रुपमा कलंक हुन भन्नै गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएका थिए ।
उक्त अभिव्यक्तिले अदालतको अवहेलना भएको ठहर गर्दै घिमिरेले मुद्दा दायर गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot