Logo

‘मन्त्रीहरू रिबन काट्ने भनेपछि दौडिने अनि समितिमा आउन आनाकानी गर्ने?’



काठमाडौं, १२ असार । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रीहरूले राष्ट्रियसभा अन्तर्गतका समितिहरूमा आउन चाँसो नदिएको दाबी गरेका छन्।

मङ्गलबार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष तिमिल्सिनाले मन्त्रीहरूले राष्ट्रियसभा अन्तर्गतका समितिहरूमा आउन चाँसो नदिएको दाबी गरेका हुन्।

उनले मन्त्रीहरू मेरो बाहिर छ भनेर सकभर समितिबाट उम्कनै खोजेको बताउँदै भने, ‘रिबन काट्ने भनेपछि दौडिने अनि समितिमा आउन आनाकानी गर्ने? संसद्‌मा आएर जवाफ दिनुपरे भाग्ने? यो तरिका राम्रो होइन। यो कुनै एकजना मन्त्रीको कुरा होइन प्रवृत्तिजस्तो भएको छ।’



प्रतिक्रिया दिनुहोस्